उद्योग बाणिज्य महासंघको निष्कर्षः दलाल पुँजीवादले अर्थतन्त्र फस्टाएन

<p>काठमाडौं । राष्ट्रिय उद्योग बाणिज्य महासंघले दलाल पुँजीवादका कारण अर्थतन्त्र फस्टाउन नसकेको निष्कर्ष निकालेको छ । यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनले तय गरेका निती तथा कार्यक्रम सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा महासंघले दलाल पुँजीवादकै कारण अर्थतन्त्रमा अनेकखाले संक्रमण देखिएको निष्कर्ष निकालेको हो । महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय उद्योग बाणिज्य महासंघले दलाल पुँजीवादका कारण अर्थतन्त्र फस्टाउन नसकेको निष्कर्ष निकालेको छ । यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनले तय गरेका निती तथा कार्यक्रम सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा महासंघले दलाल पुँजीवादकै कारण अर्थतन्त्रमा अनेकखाले संक्रमण देखिएको निष्कर्ष निकालेको हो ।

महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त संभावना हुँदाहुदै पनि देशमा दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी हुदै गएको आरोप लगाए । देशमा रहेका प्रशस्त स्रोत तथा साधनको सदुपयोग नगरी देशको श्र्रम, सिप र पुँजी विदेसिएकोमा पनि उनको आपत्ति रहेकोे छ ।

उद्योग व्यवसायमा दलाल पुँजीपतिहरुको सिण्डीकेटले गर्दा निश्चित व्यक्ति भन्दा बाहेक आम उद्योगी व्यवसायीहरुको उद्योग धन्दा तथा व्यवसाय दिनानुदिन खस्किँदै गैरहेको पनि उनले बताए । उनले भने,‘जसको प्रतक्ष मारमा कम पुँजी हुने साना व्यवसायीहरु र राष्ट्रिय उद्योगीहरु रहेका छन ।’
विगतमा सञ्चालित राष्ट्रिय उद्योग कलकार खानाहरु प्नि निजीकरणको नाममा समाप्त पारिएको उनले गम्भिर आरोप लगाए । उनले भने,‘देशमा भएका औद्योगिक कच्चा पदार्थहरु कौडीको भाउमा बिदेशमा निर्यात भईरहेका छन् । समग्रमा भन्नुपर्दा देश पुरै पर निर्भरतामा चलिरहेका देखिन्छ ।’
श्रम, सिप र पुँजीको पलाएन, राजश्व तथा कर असुली सम्बन्धी फितलो कानुनी व्यवस्था, राज्यका निकायहरुबाट दिईने अनावश्यक झन्झट, अस्वस्थ प्रतिस्पर्धा र गुणस्तरहिन सामग्रीको बिक्रीबितरण तथा कर्जा प्रक्रिया र चर्काे ब्याजदर आदी उद्योगीहरुका प्रमुख समस्या रहेका पनि महासंघले जनाएको छ ।
देशमा औद्योगिक व्यवसायिक विकास एवं आर्थिक सामाजिक रुपान्तरणको लागि राष्ट्रिय पुँजीको निर्माण गर्दे दलाल नोकर शाही एकाधिकार पुँजीवादको विरुद्ध तथा उद्योग व्यवसायमा भएका विद्यमान भएका विकृतिका बिरुद्ध संगठित रुपमा पहल गर्नुपर्ने आवश्यकत्ता रहेको पनि महासंघले औंल्याएको छ ।

Share News