काठमाडौं । नेपालको व्यापार प्रबर्दन, लगानी अभिवृद्दी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष पहल गर्ने नवनियुक्त राजदुत बताएका छन् । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु ब्यापारी मात्र नभएर उत्पादनकर्ता समेत भएको कुरामा जोड दिएका थिए ।

नेपाल चेम्बर अफ कमर्समा भएको उक्त कार्यक्रममा नेपालको नवनियुक्त राजदुतले चेम्बरले विश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानी मैत्री वातावरणको प्रचार गर्नुपर्ने कुरा उल्लेल्ख गरेका थिए । इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन सक्दो पहल गर्ने कुरा बताएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो व्यापारमा भरि मात्रामा सुधार गर्नु पर्ने कुरा बताएका थिए ।