छुटपुर्जी दिन्छु भन्दै १० हजार घुस लिने रेन्जर जगविर खत्री यसरी फसे

<p>काठमाडौं । नेपालगंज सब डिभिजन वन कार्यालय कार्यरत रेन्जर जगविर खत्री पक्राउ परका छन् । १० हजार घुस लिएको अरोपमा रेन्जर खत्री पक्राउ परेका हुन् । खत्रीले निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने भन्दै जग्गा धनीसँग घुस रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अयोगको नेपालगंजबाट खटिएको [&hellip;]</p>

काठमाडौं । नेपालगंज सब डिभिजन वन कार्यालय कार्यरत रेन्जर जगविर खत्री पक्राउ परका छन् । १० हजार घुस लिएको अरोपमा रेन्जर खत्री पक्राउ परेका हुन् ।

खत्रीले निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने भन्दै जग्गा धनीसँग घुस रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अयोगको नेपालगंजबाट खटिएको टोलीले फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भैरहेको आयोगले जानकारी दिएको छ ।

Share News