काठमाडौं । देवघाटको महेश सन्यास आश्रमलाई कृषि विकास बैंकको सहयोग गरेको छ । कृषि विकास बैंकका क्षेत्रिय निर्देशक बाबुकाजी थापाले आश्रमलाई कम्प्युटर, प्रिन्टर, डिजिटल नोटिस बोर्ड लगायतका सामग्री महेश सन्यास आश्रमका अध्यक्ष रमणानन्द गिरिलाई हस्तान्तरण गरेका थिए ।
बैंकले गरेको सहयोगबाट आश्रममा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने बताउंदै यस्तो प्रकारको सहयोग भविष्यमा पनि जारी रहने जनाए ।
तनहूँको धार्मिक स्थल देवघाटमा महेश सन्यास आश्रमको रजत जयन्तीको अवसरमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधाम विराट ज्ञानमहायज्ञको एक भव्य समारोहकाबीच उद्घाटन भएको थियो । संचारविद पुरुषोत्तम सापकोटाले संचालन गरेको उद्घाटन सत्रकोे सभापतित्व महेश सन्यास आश्रमका अध्यक्ष रमणानन्द गिरिले गरेका थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले देवघाट जस्तो पवित्र स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सरकार लागि परेको बताए ।