
काठमाडौँ । रेष्टुरेन्ट तथा बारहरूमा लगाउंदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपाल(रेवान)को निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।
महासंघले विज्ञप्ति प्रकाशित गरी सो निर्णयसको स्वागत गरेको हो ।
उपभोक्ताको हितलाई ध्यानमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको छ-विज्ञप्तिमा उल्लेख छ ।