ग्लोवल शेपर्स कम्युनिटी काठमाडौंको दोस्रो शेप टल्क डिएभि स्कुलमा

<p>काठमाडौं । ग्लोवल शेपर्स कम्युनिटी काठमाडौं हवले डिएभि स्कुलमा दोस्रो शेप टल्क कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा डिसीए नेपालद्धारा सञ्चालित सर्ट भिडियो प्रतिस्पर्धा अन्र्तगतका ४ भिडियोहरु राजोवती, निर्लज्ज, ५ इन १००८० र फस्ट ब्लड्हरु प्रदर्शन गरेका थिए । उक्त भिडियोहरुको प्रदर्शन पश्चात भिडियो निर्माणकर्ताहरु रेवती गुरुङ्ग, प्रशान्ति पौडेल, दिपेश पौडेल, रमेशमान श्रेष्ठका साथ [&hellip;]</p>

काठमाडौं । ग्लोवल शेपर्स कम्युनिटी काठमाडौं हवले डिएभि स्कुलमा दोस्रो शेप टल्क कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा डिसीए नेपालद्धारा सञ्चालित सर्ट भिडियो प्रतिस्पर्धा अन्र्तगतका ४ भिडियोहरु राजोवती, निर्लज्ज, ५ इन १००८० र फस्ट ब्लड्हरु प्रदर्शन गरेका थिए ।

उक्त भिडियोहरुको प्रदर्शन पश्चात भिडियो निर्माणकर्ताहरु रेवती गुरुङ्ग, प्रशान्ति पौडेल, दिपेश पौडेल, रमेशमान श्रेष्ठका साथ महिनावारी क्षेत्रका विशेषज्ञ राधा पौडेलबीच महिनावरी सम्बन्धि महिलाहरुले भोगेका समस्याहरुको प्यानल डिस्कसन गरिएको थियो ।


आजका दिनमा पनि समाजले महिनावरीलाई हेर्ने दृष्टिकोण र यसले महिलाहरुलाई पार्ने प्रभावको बारेमा छलफलमा गरिएको थियो । महिनावरी एउटा शारीरिक प्रक्रिया हो, तर महिलाहरु अहिलेसम्म पनि छाउपडी जस्तो प्रथाबाट पीडित छन् ।

कार्यक्रममा काठमाडौं र अरु शहरहरुमा प्रत्यक्ष रुपमा छाउपडी नभएपनि विभिन्न तवरले महिनावरीको समयमा हुने अप्ठ्यारा परिस्थिति तथा समस्याहरु र हुनसक्ने समाधानका बारेमा विस्तृत रुपले छलफल भएको थियो ।

यस अन्र्तगत २० देखि ३० वर्षसम्मका युवा उद्यमीहरुले सामाजिक कार्यक्षेत्रहरु जस्तै शिक्षा, सरसफाई, वृद्ध शिक्षा जस्ता सामाजिक सुरक्षामा विभिन्न तवरले योगदान दिने उद्देश्यले कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । सन् २०१२ मा स्थापित यस सञ्जाल सामाजिक कार्यमा सकारात्मक नतिजा ल्याउन प्रयत्नशिल रहेको छ ।

Share News