अर्गानिक ईन्डियाको उत्पादन तुल्सीग्रिन टि नेपाली बजारमा

<p>काठमाडौं । अर्गानिक ईन्डियाल आयोजना गरी अर्गानिक तुल्सी चिया नेपालमा भित्रिएकाे छ । चियाका पारखीहरुलाई लक्षित गरी कम्पनीले तुल्सीग्रिन टि का पामिग्रानेट, लिमनजिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमा ल्याएको हो । हाल भारतमा मात्र उत्पादन भईरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनियसको उत्पादन [&hellip;]</p>

काठमाडौं । अर्गानिक ईन्डियाल आयोजना गरी अर्गानिक तुल्सी चिया नेपालमा भित्रिएकाे छ । चियाका पारखीहरुलाई लक्षित गरी कम्पनीले तुल्सीग्रिन टि का पामिग्रानेट, लिमनजिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमा ल्याएको हो ।

हाल भारतमा मात्र उत्पादन भईरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनियसको उत्पादन गर्ने योजना रहेको अर्गानिक ईन्डियाका अन्तर्राष्ट्रिय व्यापारका जनरल म्यानेजर गुरप्रित सिंहले बताए ।

सिंहले नेपालमा अर्गानिक चियाबाट बजार शुरु गरेको र विस्तारै आफ्ना अन्य उत्पादनहरु पनि नेपाली बजारमा ल्याउने योजना रहेको जानकारी दिए । अर्गानिक चिया हाल भाटभटेनी तथा अन्य मार्टहरुमा मात्र पाइनेछ भने विस्तारै यसको बजार विस्तार गरी अन्य स्टोरहरुमा पनि उपलब्ध गराउने कम्पनीका काठमाडौंका लागि प्रबन्ध निर्देशक बल्ल भराज सिग्देलले जानकारी दिए ।

Share News