काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले पोखरा विश्वविद्यालय परिसरको लागि आधुनिक डस्टविन वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा विश्वविद्यालय परिसरको लागि आधुनिक डस्टविन वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निर्देशक डा. रविन्द्र घिमिरे एवं वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङको उपस्थिति रहेको थियो ।