टेलिकमका कर्मचारी जहाज नै नचढी बिल बनाएर भुक्तानी लिन्छन्

<p>काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत ३ जना कर्मचारी विरुद्ध मुद्दा दायर भएको छ । कम्पनीको ऐन नियम विपरीत दैनिक भ्रमण भत्ताको दाबी गर्ने ३ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग आयोगले मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेहरुमा अनिलकुमार आचार्य, अधिकृत विकलकुमार श्रेष्ठ र अधिकृत राजबहादुर सिंह रहेका छन् । उनीहरुले [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत ३ जना कर्मचारी विरुद्ध मुद्दा दायर भएको छ ।

कम्पनीको ऐन नियम विपरीत दैनिक भ्रमण भत्ताको दाबी गर्ने ३ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग आयोगले मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेहरुमा अनिलकुमार आचार्य, अधिकृत विकलकुमार श्रेष्ठ र अधिकृत राजबहादुर सिंह रहेका छन् । उनीहरुले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरेको आरोप लागेको छ ।

उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम कारबाहि प्रक्रिया अघि बढ्नेछ ।

Share News