गृहमन्त्री थापा र चिनिया राजदुतबीच भेटवार्ता

<p>काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनका नवनियुक्त राजदुत होउ यान्छीबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो । नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने बताए । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई [&hellip;]</p>

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनका नवनियुक्त राजदुत होउ यान्छीबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।

नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने बताए । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धले थप उचाई लिने विश्वास रहेको जानकारी दिए ।

भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चीनबीच सम्बन्ध थप उचाईमा पुर्याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share News