
काठमाडौं । नेपालमा लेखा पेशा र अबको बाटोसम्बन्धी एकदिवसीय सम्मेलन काठमाडौंमा गरिने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले समृद्ध नेपालको यात्रा तय गर्नको लागि स्वच्छ र विश्वास योग्य लेखा परीक्षण आवश्यक रहेको भन्दै लेखा व्यवसाय र अबको बाटो (अकाउन्टिङ प्रोफेसन एण्ड वे फरवार्ड) सम्मेलन गर्न थालेको हो ।
संस्थाको २२ औँ वार्षिक उत्सवको अवसर पारेर अर्थमन्त्री र नियामक नियकाहरूको उपस्थितिमा १७ माघमा काठमाडौंमा गरिने सम्मेलनलाई चार शत्रमा विभाजित गरिएको छ । सम्मेलनको पहिलो सत्रमा डाटा सुरक्षा (ब्ल्किङ) र वित्तीय बजारको बारेमा जानकारी गराइने कार्यक्रम रहेको छ । नेपालको वित्तीय बजारमा ब्ल्किङको अवधारणा प्रयोगमा ल्याउन कसरी सहजता हुन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको दोस्रो शत्रमा लेखामा कसरी गुणस्तरीयता प्रदान गर्न सकिन्छ र कुन आधारमा गुणस्तरको आश्वस्तता दिलाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउने तथा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । तेस्रो शत्रमा संस्थागत सुशासनको लागि व्यवसायिक लेखापालकहरुको भूमिकाका साथै संस्थागत सुशासन रिपोर्टिङ सम्बन्धमा जानकारी गराउने आइक्यानका अध्यक्ष जगनाथ उपाध्यायले जानकारी गराए ।
त्यस्तै एकदिवसीय कार्यक्रमको अन्तिम शत्रमा नेपालमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा लागू गरिएका नेपाल वित्तीय प्रतिवेदनमाका सम्बन्धमा अनुभव आदान प्रदान गरिने कार्यक्रम राखेको छ। जसमा बैक तथा बित्तीय संस्थाका प्रतिनिधहरुका साथै बीमा क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।
यो सम्मेलनले चार्टर एकाउन्टे क्षेत्रमा देखिएको समस्या र समधानको उपायका साथै आम जनाताका चार्टर्ड एकाउन्टेले गरेको कामलाई विश्वासमय दिलाउन सहयोग पुग्ने अध्यक्ष उपाध्यायले बताए ।
के हो आइक्यान र के गर्छ काम?
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को परिच्छेद ३ ले परिषद्को गठनको व्यवस्था गरेको छ र दफा ७ ले परिषद्को गठन र दफा ७ (३) ले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले आफू मध्येबाट निर्वाचित १० जना, दर्तावाला लेखापरीक्षक सदस्यहरुले आफू मध्येबाट निर्वाचित ४ जना र महालेखा परीक्षकको सिफारिशमा नेपाल सरकारले लेखा सम्बन्धी अनुभव भएका व्यक्तिहरु मध्येबाट मनोनित गरेका ३ जना सदस्य सहित १७ जना परिषदमा रहने व्यवस्था छ । परिषद्मा १ अध्यक्ष, १ उपाध्यक्ष र १५ सदस्य रहने व्यवस्था छ ।
संस्थामा हाल ४ वटा स्थायी समिति र २५ वटा अस्थायी समिति गरी २९ समितिहरु रहेका छन् । ती समितिहरुले परिषद्को रेखदेखमा कार्य संचालन गर्ने गर्दछन् ।
हाल संस्थामा १३३७ चार्टर्ड एकाउन्टेन्ट्स सदस्य र ७,२५९ दर्तावाला लेखापरीक्षक सदस्य रहेका छन् भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा गरी करीव १४,००० विद्यार्थी अध्यनरत रहेका छन् ।