न्यून दृष्टियुक्त कक्षामा समयमै पुस्तक नआउँदा समस्या

<p>काठमाडौं ।  न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ गर्छन् । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत् विद्यार्थी रामप्रसाद विकले बताए । पुस्तक आउन ढिलो हुँदा आफ्नो पढाइ ढिला हुने गरेको उनकाे भनाइ छ । किताब नआउँदा त्यतिकै विद्यालय जाने र शिक्षकले भनेको सुन्नेमात्रै हुने, तर [&hellip;]</p>

काठमाडौं ।  न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ गर्छन् । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत् विद्यार्थी रामप्रसाद विकले बताए । पुस्तक आउन ढिलो हुँदा आफ्नो पढाइ ढिला हुने गरेको उनकाे भनाइ छ ।

किताब नआउँदा त्यतिकै विद्यालय जाने र शिक्षकले भनेको सुन्नेमात्रै हुने, तर घरमा गएर पढ्ने अवस्था नहुने न्यून दृष्टियुक्त विद्यार्थीको भनाइ छ । समयमै पुस्तक नआउँदा पढाउनसमेत समस्या हुने गरेको न्यून दृष्टियुक्त शिक्षक रामबहादुर खड्काको भनाई छ । न्यून दृष्टियुक्त विद्यार्थीका पुस्तक भदौ/असोजतिर मात्रै आउने गरेका छन् । जसले गर्दा उनीहरुको कक्षा धेरै पछाडि हुने गरेको छ ।

त्यस्तै कक्षा १० भन्दामाथिका न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक नछापिने हुँदा समस्या हुने गरेकासमेत उनको भनाइ छ । साथै न्यून दृष्टियुक्त विद्यार्थीका लागि बे्रललिपीमा प्रश्नपत्र तयार हुनुपर्ने न्यून दृष्टियुक्त शिक्षक कुसल तामाङले बताए। अपाङ्गता भएका व्यक्तिसरह न्यून दृष्टियुक्तलाई दाँज्न नहुनेसमेत बताए ।

“अन्य अपाङ्गता भएका व्यक्तिभन्दा न्यून दृष्टियुक्त भएका व्यक्ति फरक हो, दश प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये न्यून दृष्टियुक्त भएका व्यक्तिले यो संसार देख्न पाएको हुँदैन” त्यसैले राज्यले पनि न्यून दृष्टियुक्त भएका व्यक्तिलाई विशेष तरिकाले हेर्नुपर्छ ।”  दाङमा गुरुजजुर मावि तुलसीपुर र लमहीको आदर्श मावि लालमटियामा न्यून दृष्टियुक्तका लागि पठनपाठन भइरहेको छ ।

तुलसीपुरमा ३० र लमहीमा १० भन्दा बढी न्यून दृष्टियुक्त विद्यार्थीलाई छात्राबास सञ्चालन गरेर अध्यापन गराइरहेका छन् । तुलसीपुरमा तीन जना र लमहीमा एक जना न्यून दृष्टियुक्त शिक्षक कार्यरत छन् । रासस

Share News