
काठमाडौँ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले मेलम्चीको फास्ट ट्रयाकको योजना १५ दिन भित्र बुझाउन निर्देशन दिएको छ ।
माघ २० गते इलाटियन निर्माण कम्पनीसँगको ठेक्का रद्द हुने भएपनि अब आयोजनाको काम फास्ट ट्रयाकबाट सञ्चालनका लागि योजना बुझाउन समितिले निर्देशन दिएको हो ।
समितिको आज बसेको बैठकमा खानेपानी मन्त्रालयका सचिव र आयोजना सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको सभापति कल्याणी खड्काले बताइन् । खानेपानी मन्त्रालयलाई दिएको निर्देशन बमोजिम तयार पारेको ठोस् योजना अनुसार कानूनले उपलब्ध गराएको विशेष परिस्थितिको उपयोग गरी आयोजनाको काम अघि बढाउने सुनिश्चित गर्न नेपाल सरकार तथा मन्त्री परिषद्को कार्यालयबाट उपयुक्त कदम चाल्नपनि निर्देशन दिइएको छ ।