दक्षिणकाली बोसन महोत्सव माघ १९ गते, ४ होमस्टे उद्घाटन हुँदै

<p>काठमाडौं । दक्षिणकाली नगरपालिले बोसन महोत्सव गर्ने भएको छ । धार्मिक, साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन गर्नका लागि नगरले महोत्सव गर्न लागेको हो । माघ १९ गते विभिन्न मौलिक सास्कृतिक कार्यक्रम गर्ने नगपालिकाको तयारी छ । स्थानीय स्तरबाटै पर्यटन विकासको काम गर्न दक्षिणकाली नगरपालिका लागि परेको नगर प्रमुख मोहन बस्नेतले बताए । उनका अनुसार महोत्सव उद्घाटन [&hellip;]</p>

काठमाडौं । दक्षिणकाली नगरपालिले बोसन महोत्सव गर्ने भएको छ । धार्मिक, साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन गर्नका लागि नगरले महोत्सव गर्न लागेको हो ।

माघ १९ गते विभिन्न मौलिक सास्कृतिक कार्यक्रम गर्ने नगपालिकाको तयारी छ । स्थानीय स्तरबाटै पर्यटन विकासको काम गर्न दक्षिणकाली नगरपालिका लागि परेको नगर प्रमुख मोहन बस्नेतले बताए ।

उनका अनुसार महोत्सव उद्घाटन गर्नका लागि प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेललाई बोलाइएको छ । कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । महोत्सवमा विभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुतिसँगै स्थानीय परिकारहरुको स्वाद लिन पाइने आयोजकले जनाएको छ ।

नगरले महोत्सवस्थल पुग्नका लागि ४ वटा बसको समेत व्यवस्था गरको छ । बस बल्खुदेखि कार्यक्रम स्थलसम्म चल्नेछ । समृद्ध पर्यटकिय दक्षिणकाली नगर, कृषि उद्यमी साँस्कृतिक शहर भएकोले नगर पर्यटकहरुले मन पराउने आयोजकले विस्वास लिएको छ ।

४ होमस्टे सञ्चालन हुँदै

महोत्सवको अवसरमा नगरभित्र ४ वटा होमस्टे उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । मुख्यमन्त्री पौडेलले होमस्टेको उद्घाटन गर्नेछन् । होमस्टेको सबै तयारी सकिसकेको नगर प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार ४ वटा होमस्टेमा फरक खालको मौलिक खानाको स्वाद लिन पाइनेछ । होमस्टे सञ्चालकले नै पर्यटकलाई विविध साँस्कृतिक स्थानहरुमा भ्रमण गराउनेछ । होमस्टेले एकैदिन २ सय व्यक्तिलाई सेवा दिन सक्नेछ ।

Share News