शिखर सुजको एकल मेलामा झुम्मिए उपभोक्ता, आइतबार अन्तिम दिन

<p>काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी शिखर सुज एकल जुत्ता मेलामा उपभोक्ताहरुको व्यापक भिड लागेको छ । पुस २० गतेदेखि सुरु भएको मेला माघ १३ गते अर्थात आइतबार सम्पन्न हुँदैछ । मेला समापन तर्फ उन्मुख हुँदै गर्दा उपभोक्ताहरुको व्यापक घुइँचो लागेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । मेलामा एकै व्यक्तिले एक दर्जन जोर भन्दा [&hellip;]</p>

काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी शिखर सुज एकल जुत्ता मेलामा उपभोक्ताहरुको व्यापक भिड लागेको छ । पुस २० गतेदेखि सुरु भएको मेला माघ १३ गते अर्थात आइतबार सम्पन्न हुँदैछ । मेला समापन तर्फ उन्मुख हुँदै गर्दा उपभोक्ताहरुको व्यापक घुइँचो लागेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।

मेलामा एकै व्यक्तिले एक दर्जन जोर भन्दा बढी जुत्ता समेत खरिद गरिरहेका छन् । काठमाडौंका राजकुमार श्रेष्ठले आफु र आफ्नो परिवारका लागि ९ जोर जुत्ता खरिद गरेका बताए । ‘सस्तो र बलियो भएकाले शिखर सुज किनेको हुँ, परिवारकै लागि ९ जोर जुत्ता किनेँ’, उपभोक्ता श्रेष्ठले भने । उनले यस अघि पनि शिखर सुजका जुत्ता किनेर लगाएको र राम्रो तथा बलियो रहेको पुष्टि भएपछि पुनः खरिद गरेको पनि स्पष्ट पारे ।

शिखर सुजका प्रबन्ध निर्देशक प्रसाइँले पनि मेलाको अन्त्यतिर आईपुग्दा उपभोक्ताहरुको माया बढ्दै गएको बताए । ‘आइतबार मेलाको अन्तिम दिन हो, तर उपभोक्ताहरुको भिड झन झन बढीरहेको छ, यसले हामी स्वदेशी उद्योगीलाई प्रोत्साहन मिलेको छ’, प्रसाईले भने । माघ महिना बिहेको समय भएकाले नव विवाहिता जोडी र पार्टीमा सहभागी हुनेहरुको रोजाईमा शिखर सुज परिरहेको छ ।

मेलामा एक हजार डिजाइनका जुत्ता चप्पल उपलब्ध छन् । १५ प्रतिशतको छुट सिमालाई पनि वृद्धि गरिएको प्रसाईले जानकारी दिए । १७५ रुपैंयाँदेखि ८ हजार रुपैंयाँ मूल्यका जुत्ता चप्पल मेलामा पाइन्छन् ।
पुस २० गते प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले उद्घाटन गरेका थिए ।

Share News