राजश्व सचिव घिमिरे भन्छन्-आर्थिक गतिबिधि अत्याधिक रुपमा बढ्नु पर्यो

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय भन्सार दिवस–२०१९ को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजश्व सचिव लालशंकर घिमिरेले आर्थिक गतिबिधि अत्याधिक रुपमा बढ्नुपर्ने, ब्यापारको सहजीकरण सहज ढंगले हुनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्ने कुरा बताए । यी तिन कुराको सुदृढिकरण हुन बित्तिकै राजश्व संकलन स्वतः हुने कुरामा समेत उनले जोड [&hellip;]</p>


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय भन्सार दिवस–२०१९ को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजश्व सचिव लालशंकर घिमिरेले आर्थिक गतिबिधि अत्याधिक रुपमा बढ्नुपर्ने, ब्यापारको सहजीकरण सहज ढंगले हुनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्ने कुरा बताए । यी तिन कुराको सुदृढिकरण हुन बित्तिकै राजश्व संकलन स्वतः हुने कुरामा समेत उनले जोड दिए ।

नेपालको कूल ग्राहस्थ उत्पादन ३४ खर्ब जति रहेको र २३ खर्ब भन्दा बढीको उपभोग नेपालमा हुने कुरा समेत उनले बताए । नेपाल चेम्बर अफ कमर्स जस्ता नीजि व्यवसायीहरुको छाता संगठनलाई मानार्थ भन्सार अधिकृत बनाउन आफुहरु तयार रहेको र उक्त संस्थाहरुले त्यसको मर्यादा जोगाउन आफ्नो तर्फबाट पुरा शक्ति लगाउनुपर्ने कुरामा समेत उनले जोड दिए ।

भंसार बिभागका महानिर्देशक तोयम रायाले अबको भंसार ज्ञानमा आधारित, नवीनतम, प्रविधिमा आधारित र व्यवस्थित हुनुपर्ने कुरामा जोड दिए । सरकारी निकायबीच तथा सरकारी र नीजि संस्थाबिचको समन्वयले मात्रै नेपालको भंसारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने कुरामा उनले जोड दिए । जति मुल्यमा र जुन ठाउंबाट सामान ल्याएको हो, त्यसलाई पुष्टि गर्ने दस्ताबेजहरु भएमा कारोबार मुल्यले सजिलै मान्यता पाउने कुरा समेत उनले उल्लेख गरे ।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने–सरकारी तहमा हुने अन्तर निकायको समन्वयको अभावमा व्यवसायीहरुले दुख पाएकोले यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।

Share News