पियरसनले गर्याे काठमाडौंमा ‘पीटिई एकेडेमिक सेन्टर’को शुरुवात

<p>काठमाडौं । अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इन्लिस एकेडेमिक ‘पीटिई एकेडेमिक’को उद्घाटन गरेको छ । कम्प्यूटर आधारित भाषा परिक्षण रहेको यसले सटीक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियता प्राप्त गरिरहेको छ । परीक्षण स्कोर वैधता प्रदान गर्नका लागि पियरसन परीक्षण केन्द्रहरुले स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपायहरु जस्तै पाल्म–स्क्यानिङ, सुरक्षित पेपरलेस परिणमहरु, अनियमित [&hellip;]</p>

काठमाडौं । अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इन्लिस एकेडेमिक ‘पीटिई एकेडेमिक’को उद्घाटन गरेको छ । कम्प्यूटर आधारित भाषा परिक्षण रहेको यसले सटीक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियता प्राप्त गरिरहेको छ ।

परीक्षण स्कोर वैधता प्रदान गर्नका लागि पियरसन परीक्षण केन्द्रहरुले स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपायहरु जस्तै पाल्म–स्क्यानिङ, सुरक्षित पेपरलेस परिणमहरु, अनियमित परिक्षण ढाँचा र सीसीटिभी समावेश गर्ने जस्ता प्रयोय गरेर आकांक्षा अनुसार परिक्षण वातावरणलाई नियन्त्रण गर्छ ।

उद्घाटन कार्यक्रममा बोल्दै पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले अंग्रेजीभाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको सफलताका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाउनका साथै विदेशमा अवसर सिर्जना गर्न सहयोग पुग्ने जानकारी दिए ।

ब्रिटिश कलेजका सीईओ राजेन कडेलका अनुसार पीटिई एकेडेमिक आप्रवासी र विदेशमा अध्ययन गर्न चाहानेहरुका लागि शुरु भएको पीटिई एकेडेमिकका लागि पियरसनसँग सहकार्य गर्न सक्ने बताए ।

Share News