सुआहारा कार्यक्रमलाई स्मार्ट टेलिकमको सहयोग

<p>काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले युएसएआईडीद्वारा  प्रवर्धित सुआहारा  कार्यक्रमलाई सहयोग  गरेको छ । यस कार्यक्रम अन्तर्गत सुनौला १ हजार दिनका आमाहरुका लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको हो । स्मार्ट टेलिकम तथा हेलेन केलर इन्टरनेशनलद्वारा प्रवर्धित सुआहारा दास्रोबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरी कार्यक्रमलाई आधिकारिकता प्रदान गरिएको थियो । दास्रो कार्यक्रममा टेलिकम साझेदारीका रुपमा [&hellip;]</p>

काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले युएसएआईडीद्वारा  प्रवर्धित सुआहारा  कार्यक्रमलाई सहयोग  गरेको छ । यस कार्यक्रम अन्तर्गत सुनौला १ हजार दिनका आमाहरुका लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको हो ।

स्मार्ट टेलिकम तथा हेलेन केलर इन्टरनेशनलद्वारा प्रवर्धित सुआहारा दास्रोबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरी कार्यक्रमलाई आधिकारिकता प्रदान गरिएको थियो । दास्रो कार्यक्रममा टेलिकम साझेदारीका रुपमा स्मार्टले रु ९९ व्यालेन्स भएको सीमकार्ड सुआहारा लाभार्थीहरुलाई प्रदान गर्ने भएको छ ।

सुआहारा दास्रो कार्यक्रम नुवाकोट तथा कपिलवस्तु जिल्लामा लक्षित भई कार्य गर्दै आइरहेको छ । पहिलो चरणको कार्यक्रमका सिलसिलामा स्मार्टले नुवाकोटमा ३५०० सिमकार्ड प्रदान गरिसकेको छ भने आगामी चरणहरुमा आफ्नो कार्यक्रमलाई पाल्पा तथा रुपन्देही जिल्ला लागु  गर्ने भएको छ ।
युएसएआईडीद्वारा सहयोग प्राप्त सुआहारा दास्रोले नेपालका विभिन्न जिल्लाहरुमा गरी १५ लाख घरधुरीहरुमा मातृ तथा बालपोषणको कार्य गर्दै आइरहेको छ । युएसएआईडी लक्षित क्षेत्रमा स्वास्थ्य स्वयंसेविका मार्फत पोषण, स्वास्थ्य, खानेपानी, सम्बन्धि चेतना फैलाउँदै आएको छ । सुआहारा पहिलाको कार्यक्रम ३८ जिल्लाहरुमा सञ्चालित रहदै आएकोमा थप २ जिल्ला धादिङ्ग र पाँचथरमा पनि सञ्चालित रहेको छ ।

नेपालीमाझ सूचना तथा सञ्चारको सेवाप्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने लक्ष्य रहेको जनाएको छ । स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापनाभई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ ।

Share News