
काठमाडौं। नेपालमा जटिल रोग लागेर उपचारको खोजीमा रहेका मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। आर्थिक रुपमा सम्पन्न नागरिकहरुले त्यस्ता रोगको सजिलै उपचार गर्न सक्ने अवस्था भएपनि बहुसंख्यक मध्यम तथा न्युन आय भएका नागरिकहरुलाई यस्तो रोगको उपचार नै गर्न नसक्ने अवस्था समेत रहन्छ।
यही कुरालाई मध्यनजर गर्दै सरकारले विपन्न वर्गका नागरिकलाई जटिल खालका आठ प्रकारका रोग लागेको खण्डमा उपचार सहयोग बापत एक लाख दिँदै आएको छ । कस्तोलाई विपन्न नागरिक भनेर सरकारले खुलस्त रुपमा तय भने गरेको छैन यद्यपि हुनेखानेले नै विपन्न बनेर यो सेवा पनि लिएको देखिन्छ।
मुटु रोग, मृगौला रोग, क्यान्सर, हेड ईन्जुरी, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल ईन्जुरी र सिकेलसेल एनिमिया रोग लागेका बिरामीको उपचारमा सरकारले एक लाख उपचार खर्च प्रदान गर्छ । सरकारले उपलब्ध गराउने सहयोग कसरी पाइन्छ र कहाँ कहाँ पाइन्छ भन्ने कुराको ज्ञानको अभावमा कतिपय नागरिकले यो सुबिधा लिन सकिरहेका छैनन् ।
यता, सरकारले भने उपचार सहयोगका लागि आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ११ करोड रुपैयाँ बिनियोजना गरेको थियो । तर, आव ०७५/०७६ मा भने १ अर्ब १० करोड, २२ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसमध्ये ६ महिनाको अवधिमा अब ६ करोड मात्र बाँकी छ । अहिले स्वास्थ्य मन्त्रालयले १ अर्ब २५ करोड अर्थ मन्त्रालयमा माग गरिएको छ ।
सरकारबाट सहयोग दिनका लागि ‘विपन्न वर्ग’ हुनपर्छ । सम्बन्धित वडा तथा गाउँ पालिकामा ‘विपन्न भएकाले आर्थिक सहयोग पाउँ’ भनी निवेदन दिनुपर्छ।
तोकिएका कडा रोग लागेको नेपाली बिरामीहरु, जसले आफ्नो खर्चले उपचार गर्न सक्दैनन्, ती व्यक्तिहरु सूचीकृत अस्पताल मार्फत सहुलियत प्राप्त गर्न सक्दछन्। बिरामीलाई नगद दिइदैन, विदेशमा गई उपचार गरेका बिरामीलाई उपचार खर्च दिने ब्यवस्था छैन ।
सहुलियत प्राप्त गर्ने के के चाहिन्छ ?
गरीबीको परिचय पत्र वाला बिरामी ब्यक्ति हुनु पर्नेछ । स्थानीय पालिकाले अस्पताललाई उपचार सहुलियताका लागि गरेको सिफारिस पत्र। यस भन्दा पहिला जिल्ला जन स्वास्थ्य मार्फत सिफारिस हुँदै आएको थियो।
सहयोग उपलब्ध गराउनका लागि विपन्न नागरिक औषधी उपचार सिफारिस समिति गठन गरिएको हुन्छ ।
– सम्बन्धित स्थानीय तहको अध्यक्ष वा प्रमुख, अध्यक्ष
– सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, सदस्य
– सम्बन्धित स्थानीय तहको स्वास्थ्य संयोजक, सदस्य सचिव
कुन रोगका बिरामीले कुन अस्पतालबाट पाउँछन् सहुलियत ?
क्यान्सर रोग
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं
३) बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन
४) भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
५) परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं
६) बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
७) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
८) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं
९) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
१०) क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर तथा मन्त्रालयको छनौटमा पर्ने अन्य निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू ।
मिर्गाैला रोग
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं
३) वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४) कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
५) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज, पर्सा
६) कोशी अंचल अस्पताल, विराटनगर, मोरङ
७) जनकपुर अञ्चल अस्पताल, धनुषा
८) मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
९) राष्ट्रिय मिर्गाैला उपचार केन्द्र, वनस्थली, काठमाडौं
१०) नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, बाँके
११) नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं
१२) यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, पक्लिहवा, रुपन्देही
१३) चितवन मेडिकल कलेज, चितवन
१४) कलेज अफ मेडिकल साइन्सेस, चितवन
१५) मणिपाल मेडिकल कलेज, पोखरा, कास्की
१६) बि एण्ड बि अस्पताल, ग्वार्को, ललितपुर
१७) नेशनल डायलाइसिस सेन्टर, एकान्तकुना, ललितपुर
१८) गोल्डेन अस्पताल, विराटनगर, मोरङ
१९) धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
२०) गण्डकी मेडिकल कलेज, पोखरा, कास्की
२१) आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
२२) विराट अस्पताल, विराटनगर, मोरङ
२३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२४) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा यी रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताल तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू ।
डायलिसिस : नि:शुल्क संक्रमित बिरामीलाई डायलसिस गरे बापत ४ हजार र असंक्रमित बिरामीको प्रति सेसन २५ सय प्रति सेसन सोध भर्ना भुक्तानी अस्पताललाई गर्ने गरिएको छ। मिर्गाैलाप्रतियारोपण ४ लाख सम्म उपचार सहुलियत दिईन्छ। प्रत्यारोपण पस्चात औषधी सेवानको लागि १ लाख सहुलियत दिईन्छ। प्रत्यारोपण पुर्व अंग ग्रहणकर्ता तथा अंगदाताको प्रयोगशालामा प्ररिक्षणको लागि ५० हजार सम्म प्रदान गरिन्छ।
मुटु रोग
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौं
४) वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
५) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
६) मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लाण्ट केन्द्र, महाराजगंज, काठमाडौं
७) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं
८) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
९) मुटु रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय, अन्चल अस्पतालहरु तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू ।
पार्किन्सस तथा अल्जाईमर्स रोग
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ।
स्पाईनल ईन्जुरी तथा हेड ईन्जुरी रोग
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ।
सिकलसेल एनिमिया रोग
१) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
२) उपक्षेत्रीय अस्पताल, घोराही, दाङ
३) महाकाली अंचल अस्पताल, महेन्द्रनगर, कञ्चनपुर
४) सेती अंचल अस्पताल, धनगढी, कैलाली
५) भेरी अंचल अस्पताल, नेपालगञ्ज, बाँके
६) लुम्बिनी अञ्चल अस्पताल, वुटवल, रुपन्देही
७) जिल्ला अस्पताल कपिलवस्तु
८) जिल्ला अस्पताल बर्दिया
९) जिल्ला अस्पताल नवलपरासी ।