
चितवन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वदेशी सामाग्रीहरुलाई प्राथामिकता दिनुपर्ने बताएका छन् । चितवनमा खिचरा महोत्सबको समापन गर्दै मुख्यमन्त्री पौडेलले बाहिरबाट नभई स्थानीय उत्पादनलाई प्राथमिकता दिए मुलुक आत्मनिर्भरता तर्फ जाने बताए ।
महोत्सवका क्रियाकलाप देशको आर्थिक समृद्धिसंग जोडिनुपर्ने उनको भनाई थियो । मेलाका आर्थिक क्रियाकलापले आर्थिक कारोबार समृद्धिको आधार बनाउन समेत उनले आग्रह गरे । यस्ता महोत्सवले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने समेत बताए । उनले भने–‘ केहि बर्ष अगाडि हामी खाद्यान्न बाहिर पठाउँथ्यौं अब हामीले बाहिरबाट ल्याउनु पर्ने भईसकेको छ, अब हामी आत्मनिर्भर बन्नुपर्छ ।’
चितवन पर्यटन, धार्मिक, स्वास्थ तथा कृषिमा समेत उत्कृष्ट भएकोले यसमा नै धेरै सम्भावना खोज्नुपर्ने धारणा राखे
। यो महोत्सवले थारु समुदायको सस्कृती झल्काउने देखिएकोले सस्कृति बचाउन सहयोग गर्ने बताए । थारु सस्कृति जोगाउन पूर्बी र पश्चिम क्षेत्रमा थारु संग्रहालय बनाउन प्रदेश सरकारले सहयोग गर्ने समेत जानकारी दिए । कार्यक्रममा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाको समेत सहभागिता रहेको थियो ।