१० लाख धरौटी बुझाएर रिहा भए पूर्व गभर्नर तिलक रावल

<p>काठमाडौँ । पोलिमर नोट छपाइमा प्रकरणमा पक्राउ परेका पूर्व गभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । भ्रष्टचार मुद्दामा पक्राउ परेका रावल सोमबार रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयान र थुनछेक बहसपछि विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । [&hellip;]</p>


काठमाडौँ । पोलिमर नोट छपाइमा प्रकरणमा पक्राउ परेका पूर्व गभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । भ्रष्टचार मुद्दामा पक्राउ परेका रावल सोमबार रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयान र थुनछेक बहसपछि विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठका अनुसार रावलले १० लाख रुपैयाँ नगद नै बुझाएर रिहा भएका छन् । रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावीसहितको मुद्दा परेको थियो।

Share News