
काठमाडौँ । चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड(सीसीपीआईटी) का उपाध्यक्ष झाङ्ग सेनफेङ्गले दुबै मुलुकका नेताहरुले आपसी राजनीतिक विश्वासका साथ संयुक्त रुपमा वेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनालाई अगाडी बढाउने बताएका छन् । दुई देश बीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटन इत्यादि क्षेत्रमाविगतमा गरेका सहमती, समझदारी कै कार्यान्वयनको सन्दर्भमा आफ्नो नेतृत्वमा करिव ५० सदस्यीय प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको बताए ।
उक्त कुरा नेपालउद्योग परिसंघ र सी सी पीआई टी को संयुक्तआयोजनामाआयोजित“नेपाल–चीनव्यापारिक फोरम”को बैठकमा चीनिया प्रतिनिधि मण्डलको नेतृत्वगर्दै आएका सेनफेङ्गले बताए । नेपालका प्रधानमन्त्रीको गतवर्षको चीन भ्रमणको स्मरण गर्दै चीन सबैभन्दा ठूलो व्यापार तथालगानी प्रवद्र्धन गर्ने संस्थाको हैसियतले सीसीपीआईटीले चीन–नेपालआर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको बताए ।
उनले आजको यस फोरमले दुबै देशका उद्यमीहरुलाई आपसी सहयोगको क्षेत्रको आदानप्रदानको लागिमार्ग प्रशस्तगर्दै प्लेटफर्म निर्माण भएकोमा खुशीव्यक्त गरे । यसलाई बढी प्रभावकारी बनाउन उनले प्रमुख तीन सुझाव दिंदै द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रुपमा बढाउनु पर्ने, लगानी सहयोगलाई अन्य विस्तृत गर्नु पर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रिय भूमिका खेल्न दिनु पर्ने बताए ।
सो अवसरमा मित्रराष्ट्र जनगणतन्त्र चीनबाट आएको सी सी पीआई टी को प्रतिनिधि मण्डललाई स्वागतगर्दै नेपालउद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा पूर्वाधार, जलविद्युत र हल्का उत्पादन उद्योगहरु लगायत सेवा क्षेत्रका उद्योगहरुमा लगानी आकर्षित गर्ने प्रचुरतम सम्भावना रहेको र मुलुकको बैदेशिक लगानी भित्र्याउन हाल भएको औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन, वौद्धिक सम्पत्ति सम्बन्धी कानुन एण्टी डम्पिङ्ग कानून एवम् आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य कानूनहरुको संशोधन, पुनर्लेखन भइ वैदेशिक लगानीको लागि अनुकूल वातावरण सृजना हुने विश्वास व्यक्त गरे ।
आफ्नो कार्यपत्र प्रस्तुत गर्दै परिसंघका राष्ट्रिय परिषद सदस्य तथा पूर्वाधार सेलका संयोजक विरेन्द्रराज पाण्डेले नेपालमा व्यवसायिक अवसर पर्याप्त रहेको बताउँदै हाल ५ अर्ब डलर बराबरको लगानी भैरहेकोमा त्यसलाई बढाई १७ अर्ब डलर बराबरको लगानी हुनु पर्ने बताउँदै पूर्वाधार क्षेत्रमा विगतमा भएका कठिनाई हटाउने प्रयास स्वरुप परिसंघले दुईवटा पूर्वाधार सम्मेलन गरिसकेको र २०१९ मा नै निकट भविष्यमा तेस्रो पूर्वाधार सम्मेलन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले यो फोरमले चुनौतिलाई अवसरमा बदल्ने विश्वास व्यक्त गर्दै एकातर्फ तीव्र विकास गरिरहेको भारत र अर्कोतर्फ आर्थिक पावर हाउसमा विकास भइरहेको चीनबाट यसक्षेत्रका जनताले र नेपालले खास गरी फाइदा लिन पर्याप्त सम्भावना रहेको र भ्रमण दलको भ्रमण सफल हुने शुभकामना व्यक्त गरे ।