रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

<p>काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले विवाह गरेका छन्। उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग अदालती विवाह गरेका हुन्। दुवैले केही समय अघिसम्म आफुहरु बिचको सम्बन्ध नकार्दै आएका थिए। उनिहरु दुवै डिभोर्सी हुन्। उनिहरुले परम्परागत रुपमा बैशाखमा विवाह गर्ने बताएका छन्। रवि लामिछिनेले आफ्नो फेसबुक मार्फत यस्तो बताएका छन्: &#8220;ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ। एक [&hellip;]</p>

काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले विवाह गरेका छन्। उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग अदालती विवाह गरेका हुन्।

दुवैले केही समय अघिसम्म आफुहरु बिचको सम्बन्ध नकार्दै आएका थिए। उनिहरु दुवै डिभोर्सी हुन्। उनिहरुले परम्परागत रुपमा बैशाखमा विवाह गर्ने बताएका छन्।

रवि लामिछिनेले आफ्नो फेसबुक मार्फत यस्तो बताएका छन्:

“ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला अदालत विवाह दर्ता गरेका छौ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।”

Share News