एनएमबी बैंक र सरल उर्जा नेपालबीच सौर्य ऊर्जा खरिद सम्झौता

<p>काठमाडौं । एनएमबी बैंक र सरल उर्जा नेपालबीच सौर्य ऊर्जा खरिद सम्झौता भएको छ । एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्राइभेट लिमिटेड (सन) सँग ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जा खरिद सम्झौता (पीपीए) सम्पन्न गरिएको छ । उक्त सम्झौता अनुसार १५ वर्षका लागि सञ्चालन हुने विद्युत् प्रशारण लाइनसँग आवद्ध [&hellip;]</p>

काठमाडौं । एनएमबी बैंक र सरल उर्जा नेपालबीच सौर्य ऊर्जा खरिद सम्झौता भएको छ । एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्राइभेट लिमिटेड (सन) सँग ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जा खरिद सम्झौता (पीपीए) सम्पन्न गरिएको छ ।
उक्त सम्झौता अनुसार १५ वर्षका लागि सञ्चालन हुने विद्युत् प्रशारण लाइनसँग आवद्ध सौर्य–ऊर्जा एनएमबी बैंकको बबरमहल काठमाडौंस्थित केन्द्रीय कार्यालयको छतमा राखिने भएको छ । यो ५० किलोवाटको सौर्यऊर्जाले २० लाख किलोवाट घण्टा (किलोवाट आवर) बराबरको विद्युत् आयात कम गर्नमा तथा आयोजना अवधि भरिमा २ करोड रुपैयाँभन्दा बढीको आयात लागत घटाउन सहयोग पुग्ने भएकाे छ ।
यो प्रणालीबाट आउँदो पाँच वर्षभित्रमा ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सक्ने हाम्रो विश्वास छ,” सनका प्रमुख कार्यकारी अधिकृत आशिष चालिसेको भनाई रहेको थियो ।
नेपालभरि नै सौर्यऊर्जा विस्तार गर्नका लागि वित्तीय लगानीको प्रक्रिया आरम्भ हुने अपेक्षा गरेका बताउँदै उपभोक्तालाई खर्च बचाउन, नेपालको विद्युत् उत्पादन प्रक्रियामा विविधीकरण गर्न, विद्युत् आयातमा कमी ल्याउन र थुप्रै नयाँ रोजगारी विस्तार गर्ने ऊर्जा तथा विकास संगठनका प्रमुख दिनेश दुलालले जानकारी दिएका छन् ।

Share News