अपर तामाकोशीको मूल्य निरन्तर घट्दै, बजारलाई समेत नकारात्मक प्रभाव

<p>काठमाडौं । अपर तामाकोशीकाे मूल्य घट्ने क्रम आज पनि जारी छ । आइतबार ३४२ रुपैंयासम्म पुगेको अपर तामाकोशीको शेयरले बजार बन्द हुने बेलामा करिब १० प्रतिशतकै क्षति व्यहोरेको थियो । सोमबार पनि त्यो क्रमलाई निरन्तरता दिँदा अपर तामाकोशीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले घट्दै २६३ रुपैंयामा झरेको छ । अपरको शेयर आज १० [&hellip;]</p>

काठमाडौं । अपर तामाकोशीकाे मूल्य घट्ने क्रम आज पनि जारी छ । आइतबार ३४२ रुपैंयासम्म पुगेको अपर तामाकोशीको शेयरले बजार बन्द हुने बेलामा करिब १० प्रतिशतकै क्षति व्यहोरेको थियो । सोमबार पनि त्यो क्रमलाई निरन्तरता दिँदा अपर तामाकोशीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले घट्दै २६३ रुपैंयामा झरेको छ । अपरको शेयर आज १० करोड ९१ लाख १८ हजार बराबरको कारोबार हुँदा ४ लाख ३ हजार ८०० कित्ता शेयर कारोबार भएको छ ।

आज बजारमा ३६ करोड ७७ लाख रुपैंया बराबरको कारोबार हुँदा १२ लाख ६५ हजार ७८६ कित्ता शेयर खरिदबिक्री भएका छन् । बजार परिसूचक भने १०.८६ अंकले घटेको छ ।

Share News