डायलिसिस भन्दापनि मृगौला प्रत्यारोपणलाई जोड दिन आवश्यक छ: स्वास्थ्य राज्यमन्त्री

<p>काठमाडौं। शिक्षा तथा स्वास्थ्य समितीको बैठकमा सांसदहरुले  डायलिसिस भन्दा पनि मृगौला प्रत्यारोपणलाई जोड दिनुपर्ने सुझाव दिएका छन्। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले समितीलाई डायलिसिसको लागि रहेको बजेट पर्याप्त नभएको हुनाले सरकारी नीतिहरूहरु मृगौला प्रत्यारोपणमा केन्द्रित हुन आवश्यक रहेको बताए। उनले मृगौला उपचारको लागि देशभरमा पर्याप्त डायलसिस मेसिन नरहेको पनि बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद खगेन्द्रराज अधिकारी [&hellip;]</p>

काठमाडौं। शिक्षा तथा स्वास्थ्य समितीको बैठकमा सांसदहरुले  डायलिसिस भन्दा पनि मृगौला प्रत्यारोपणलाई जोड दिनुपर्ने सुझाव दिएका छन्।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले समितीलाई डायलिसिसको लागि रहेको बजेट पर्याप्त नभएको हुनाले सरकारी नीतिहरूहरु मृगौला प्रत्यारोपणमा केन्द्रित हुन आवश्यक रहेको बताए।

उनले मृगौला उपचारको लागि देशभरमा पर्याप्त डायलसिस मेसिन नरहेको पनि बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका सांसद खगेन्द्रराज अधिकारी र नेपाली कांग्रेस सांसद उमेशलाल श्रेष्ठले ६० बर्ष भन्दा माथिको मृगौला रोगीलाई नि:शुल्क डायलसिस सेवा दिनुपर्ने र ६० बर्ष भन्दा मुनिको मृगौला रोगीलाई प्रत्यारोपणको लागी सरकारी उपचार खर्च प्रदान गर्नुपर्ने सुझाव दिए ।

देशको अन्य क्षेत्रमा पनि मृगौला प्रत्यारोपण केन्द्र खोल्नुपर्ने र मृगौला रोगी बढ्दै जाँदा बजेट कम भएकोले यसमा ध्यान दिन जरुरी रहेको श्रेष्ठले बताए। देशभरमा सरकारद्वारा सुचिक्रित ५२ अस्पतालमा हाल ४५०० बिरामीहरुले डायलासिस सेवा लिईरहेका छन्। मृगौला रोगीहरुले प्रत्यारोपण गर्दा पछि गएर राम्रो जीवन पाउने र राम्रोसँग काम गरी जिविक आर्जन गर्न सक्ने र देशलाई कम भार पर्न जाने यादवले बताए।

गत आर्थिक बर्षमा म्रिगौला रोगीको लागि सरकारले २ अर्बको बजेट छुटाएको थियो, यस बर्ष साढे १ अर्ब बराबरको बजेट मात्र छुटाएको छ।सरकारले विपन्न्न वर्गका मृगौला रोगीलाई उपचार खर्चको रुपमा ४ लाख र उपचार पछिको औषधी खर्चको लागि १ लाख प्रदान गर्दै आएको छ।

Share News