माघ २७ गतेदेखि बराह क्षेत्रमा श्रीराम तारकब्रह्म महायज्ञ हुँदै

<p>काठमाडौँ । नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ, महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुन लागेको हो । श्रीरामानन्दाचार्य सेवापीठ हनुमान मन्दिरको प्राङ्गण वराहक्षेत्र सुनसरीमा माघ २७ वसन्त पञ्चमीदेखि शुरु भई फागुन ७ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञको औंचित्य [&hellip;]</p>


काठमाडौँ । नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ, महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुन लागेको हो ।

श्रीरामानन्दाचार्य सेवापीठ हनुमान मन्दिरको प्राङ्गण वराहक्षेत्र सुनसरीमा माघ २७ वसन्त पञ्चमीदेखि शुरु भई फागुन ७ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञको औंचित्य बारे जानकारी दिन राजधानीमा विशेष पत्रकार सम्मलेन गरिएको थियो ।

पत्रकार सम्मलेलनमा श्री श्री श्री १००८ श्री बैष्णव डा.कृष्णदास जी महाराजले हरित नेपाल,स्वस्थ नेपाल,स्वच्छ नेपाल,संमृद्ध नेपाल,स्वावलम्बि नेपाल सु–संस्कारी नेपालको लागि महायज्ञको आयोजना गर्न लागेको बताए । डा.कृष्णदास जी महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखे ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीहरुको पहिचान भएको बताउँदै उनले भने,‘हामी नेपालीहरुले आफूलाई चिन्न छोड्दैछौं, अरुको प्रगतिमा दास हुन जादैछौं, जुन कुरा नेपालीको लागि महाघातक छ, समय मै आफुभित्र नेपालीपन खोज्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताए ।

नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्री देखि देश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन् ।’

जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले भने,‘आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथि गृह समेतको उद्घाटन हुनेछ, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम सुनसरी चतरामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुनेछ।’

सिद्धबाबावाट दिक्षित साधक साधिकाहरुवाट करिव ८ करोडको आर्थिक सहयोगवाट सुविधायुक्त कुल १२६ कोठाको आवस गृह सम्पन्न भै सकेको छ । महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति रहनेछ ।

Share News