११.७४ अकंले बढ्यो नेप्से, अपर तामाकोशीका लगानीकर्ताले ५० प्रतिशत कमाए !

<p>काठमाण्डौ । साताको दोश्रो दिन सोमबार नेप्से परिसूचक ११.७४ अंकले बढेको छ । आज १.०० प्रतिशतले परिसूचक बढ्दा ११८६.८० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५८ कम्पनीका ८ लाख ५ हजार ६ सय १ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज २६ करोड ८१ लाख २४ हजार ६ सय ४४ रुपैयाँको [&hellip;]</p>


काठमाण्डौ । साताको दोश्रो दिन सोमबार नेप्से परिसूचक ११.७४ अंकले बढेको छ । आज १.०० प्रतिशतले परिसूचक बढ्दा ११८६.८० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५८ कम्पनीका ८ लाख ५ हजार ६ सय १ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज २६ करोड ८१ लाख २४ हजार ६ सय ४४ रुपैयाँको कारोबार छ ।

नेप्से परिसूचक बढेको दिन आज बैंकिङ बाहेक सबै सूचकमा हरियाली छाएको छ । बैंकिङ समूह १.०९ अंकले घटको हो । त्यसैगरी, होटल होटल समूह १८.८४, विकास बैंक समूह ४.५६, जलश्रोत समूह १७७.०७, वित्त समूह ६.९६, निर्जीवन बीमा समूह १९.२४, अन्य समूह १९.९१, लघुवित्त समूह १५.०७ र जीवन बीमा समूह ३.१८ अंकले बढेको छ ।

बजार बढेको दिन आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५० प्रतिशतले कमाई गरेका छन् । तर, नेपाल स्टक एक्चेञ्जले भने उक्त शेयरको कारोबार धितोपत्र कारोबार नियमावली विपरित १० प्रतिशतभन्दा बढी बढेको भन्दै कारोबार रद्द गर्ने बताएको छ । यसो गर्दा अपर तामाकोशीका लगानीकर्ताको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ५० प्रतिशत बढेको देखिएपनि वास्तविक रुपमा भने उनीहरुले कुनैपनि कमाई गरेका छैनन् ।

त्यसैगरी आज बैंक अफ काठमाडौँका लागनीकर्ताले सबैभन्दा बढी ५.०५ प्रतिशतले सबैभन्दा बढी गुमाएका छन् ।

Share News