आशा लघुवित्तको आईपीओ धिताेपत्र बाेर्डद्वारा स्वीकृत

<p>काठमाडौं ।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ स्वीकृत भएकाे छ । प्रभु ग्रुपअन्तर्गत सञ्चालित आशा लघुवित्तले प्रस्ताव गरेको ६ करोड ७४ लाख रुपैंया बराबरका ६ लाख ७४ हजार कित्ता आईपीओलाई नेपाल धितोपत्र बोर्डले आइतबार स्वीकृति दिएको बोर्डले जनाएको छ । उक्त  लघुवित्तको प्रस्तावित पुँजीकाे ३२.५० प्रतिशत हाे । अंकित मूल्यमा जारी गरिने उक्त शेयर बिक्रीपछि [&hellip;]</p>

काठमाडौं ।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ स्वीकृत भएकाे छ । प्रभु ग्रुपअन्तर्गत सञ्चालित आशा लघुवित्तले प्रस्ताव गरेको ६ करोड ७४ लाख रुपैंया बराबरका ६ लाख ७४ हजार कित्ता आईपीओलाई नेपाल धितोपत्र बोर्डले आइतबार स्वीकृति दिएको बोर्डले जनाएको छ ।

उक्त  लघुवित्तको प्रस्तावित पुँजीकाे ३२.५० प्रतिशत हाे । अंकित मूल्यमा जारी गरिने उक्त शेयर बिक्रीपछि लघुवित्तको चुक्ता पुँजी २० अर्ब ७४ करोड पुग्नेछ ।

लघुवित्तले गत भदौ १७ गते आईपीओ निष्कासनका लागि बोर्डका आवेदन दिएको थियो । धितोपत्र बोर्डबाट स्वीकृति पाएको दुई महिनाभित्र आईपीओ निष्कासन गरिसक्नुपर्ने प्रावधान छ । त्यसैले लघुवित्तले केही दिनभित्रै आह्वानपत्र प्रकाशन गर्ने सम्भावना छ ।

Share News