
काठमाडौं । नुवाकोट जिल्ला ककनी गाउँपालिलका वडा नम्बर ३ का गायत्रीदेवि ढुंगानाको उपचारको क्रममा विनायक हस्पिटलमा निधन भएको छ । हस्पिटलको लापरवाहीका कारण उनको ज्यान गएको आफन्तले बताएका छन् ।
६५ वर्षिय ढुंगानाको विगत ७ दिनदेखि विरामीको उपचार विनायक हस्पिटलमा भईरहेको थियो । शनिवार पाँच बजेसम्म सामान्य अवस्थामा रहेकी ढुंगानाको साँझपख निधन भएको हो ।
सामान्य विरामी भएपछि उपचार गर्न हस्पिटल लगिएको र जनरल वार्डमा उपचार गर्दा गर्दै उनको निधन भएको मृतककाे छाेरा मनहरि ढुंगानाले बताए । हस्पिटलले शुरुमा निमोनिया भएको जनाएको थियो र पछि मुटुमा समस्या देखिएको जनाएको थियो । मुटु उपचारको लागि डाक्टर, पूर्वाधार केही पनि नभएको अवस्थामा हस्पिटलले पैसाको लागि अर्को हस्पिटलमा नपठाएको परिवारको आरोप छ ।
यस विषयमा कुरा गर्न अस्पताल व्यवस्थापनले मानेन । अस्पतालका प्रबन्ध निर्देशक डा यमप्रसाद ध्व सम्पर्कमा अाउन मानेनन् ।