काठमाडौं । डिसहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ ।
कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो ।
नेपालको कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिसहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिसहोम उज्वल भविष्य”कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरेको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेको भनाई रहेको छ ।
कार्यक्रम रौतहट जिल्लाको गौरमा रहेका आधारभुत विद्यालय बालमन्दिरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपीवितरण गरिएको छ ।

डिसहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपीवितरण गरेको छ ।
डिसहोमले यसै कार्यक्रम पर्सा जिल्लाको पोखरिया स्थित श्री जिल्ला उचांगल रामदेव माविकाविपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
पोखरियाका नगर प्रमुखदिप नारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं. ४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण शाहालगाएत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षानिकायका प्रतिनिधित्वमा उक्त सामान वितरण गरिएको हो ।
यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।
ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पुर्यारहेको डिसहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।