नेपालमा न्याय पाउने आशा मरेपछी गंगामाया अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आवाज उठाउँदै

<p>काठमाडौं। नेपाल सरकारले आफ्नो छोरालाई न्याय नदिने देखेपछी गंगामायाले अब आफ्नो छोराको न्यायको लागि अन्तरराष्ट्रिय स्तरमा आवाज उठाउने भएकी छिन्। पौस २०६९ देखी २०७५ असारको अवधीमा चार पटक मृत्युको मुखमा पुगिसकेकी गंगामाया मंगलबार काठमाडौ, जिल्ला प्रशासन कार्यालयमा मंगलबार व्हीलचेयरमा देखा परेकी थिईन्। उनी त्यहाँ उनको पासपोर्ट प्राप्त गर्न पुगेकी थिईन्। उनको अहिलेसम्म विदेश भ्रमणको कार्यक्रम तयार नभएता [&hellip;]</p>

काठमाडौं। नेपाल सरकारले आफ्नो छोरालाई न्याय नदिने देखेपछी गंगामायाले अब आफ्नो छोराको न्यायको लागि अन्तरराष्ट्रिय स्तरमा आवाज उठाउने भएकी छिन्।

पौस २०६९ देखी २०७५ असारको अवधीमा चार पटक मृत्युको मुखमा पुगिसकेकी गंगामाया मंगलबार काठमाडौ, जिल्ला प्रशासन कार्यालयमा मंगलबार व्हीलचेयरमा देखा परेकी थिईन्। उनी त्यहाँ उनको पासपोर्ट प्राप्त गर्न पुगेकी थिईन्।

उनको अहिलेसम्म विदेश भ्रमणको कार्यक्रम तयार नभएता पनि उनको वकिलको अनुसार उनी बेलायत र न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २०६१ साल असारमा भएको आफ्नो छोराको हत्याको विवरण बुझाउन जानेछिन्।

आफुले धैर्यपूर्वक नेपाल सरकारको तर्फबाट न्यायको लागि पर्खिरहेपनि सरकारले सधैं आफुलाई निराश पारिरहेको हुनाले अब आफुले आफ्नो कथा विश्वसामु सुनाउने, गंगामायाले बताईन्।

गंगामायाका १८ वर्षीय छोरा कृष्णा प्रसाद कोइराला २०६१ साल जेठ २४ गते माओवादीद्वारा मारिएको थिए।

अपराधीहरुलाई बाहिर ल्याउन मात्र कृष्णा प्रसाद को आमाबाबुले लगभग सात वर्ष कुर्नपरेको थियो। तर हत्याराहरु पत्ता लागे पनि पक्राउ गर्न राज्यले पहल नगरेपछि, उनिहरुले २०६९ पौषमा भोक हड़ताल सुरु गरेका थिए। हड्ताल सुरु गएको ४७ दिन पछि सरकारको न्याय दिने प्रतिबद्धता जनाएपछि पौडेल दम्पतीको हड्ताल समाप्त भएको थियो। तर मुख्य अभियुक्त छविलाल पौडेललाई तारिखमा जेलबाट रिहा गरेपछी अधिकारी जोडीले आफ्नो भोक हड़ताल पूर्ण सुरु गरेका थिए।

भोक हड्ताल ३३४ दिनमा पुग्दा गंगामायाका श्रीमानले आफ्नो अन्तिम सास फेरे। उनको शरीर अझै पनि टिचिङ अस्पातलमा लावारीसे रुपमा छ। सरकारले आफ्ना सबै मागहरू पूरा गर्न प्रतिबद्धता व्यक्त गरेपछि २०७५ असारमा गंगामायाले आफ्नो भोक हड़ताल तोडेकी थिईन्।

Share News