काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्न मिडिया स्पेस सोलुसन्सले भरतपुर को चितवन एक्पोमा कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी हुने भएको छ । माघ १३ गतेसम्म प्रदेश नं.३ अन्तरगत भरतपुर को चितवन सेन्टरमा आयोजना गर्न गइरहेको छ ।
आयोजना हुन गइरहेको प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका विभिन्न १८ देशका कृषि सम्बन्धी कम्पनीहरुद्वारा १५० भन्दा बढी स्टल रहने ब्यहोरा मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताएका छन् ।
प्रबन्ध निर्देशक भट्टराईका अनुसार उक्त प्रर्दशनीमा देश भरीका लगभग एक लाखभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विधार्थी, संघ संस्था का प्रतिनिधी लगायत कृषकहरुले उक्त प्रर्दशनी अवलोकन गर्ने भएको छ ।
निःशुल्क अवलोकनको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषिकर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेसिन देखिलिएर कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले बताएका छन् ।
उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवापुग्ने विश्वास गरिएको छ । साथै यो प्रर्दशनी कृषक र उत्पादक कम्पनीबीच कोसे ढुङ्गा सावित हुने जनाएका छन् ।