५ हजार घुसलिने शाखा अधिकृत भरत काउचा विरुद्ध मुद्दा दायर

<p>काठमाडौं । बुटवल उपमहानगरपालिका वडा नं १३ का वडासचिव शाखा अधिकृत भरत कुमार काउचा विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको काउचा विरुद्ध सोमबार मुद्दा दायर भएको हो । बसाइसराइ सम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान हुदाँ भ्रष्टाचार [&hellip;]</p>

काठमाडौं । बुटवल उपमहानगरपालिका वडा नं १३ का वडासचिव शाखा अधिकृत भरत कुमार काउचा विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको काउचा विरुद्ध सोमबार मुद्दा दायर भएको हो । बसाइसराइ सम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान हुदाँ भ्रष्टाचार भएको पुष्टी भएको हो ।

काउचा विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो ।

Share News