काठमाडौंमा पानी, चन्द्रागिरिमा हिमपात, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

<p>काठमाडौं । काठमाडौं उपत्यका पानी परेको छ । बिहान ९ बजेदेखि उपत्यकामा हल्का पानी पर्न थालेको हो । मौसम पूर्वानुमान महाशाखाले पनि देशभरको मौसम हल्का बदली हुने र पानी पर्न सक्ने उल्लेख गरेको छ । साथै, काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएकाे छ । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार साे क्षेत्रमा साेमबार विहान [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका पानी परेको छ । बिहान ९ बजेदेखि उपत्यकामा हल्का पानी पर्न थालेको हो । मौसम पूर्वानुमान महाशाखाले पनि देशभरको मौसम हल्का बदली हुने र पानी पर्न सक्ने उल्लेख गरेको छ ।

साथै, काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएकाे छ । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार साे क्षेत्रमा साेमबार विहान वाक्लाे हिमपात भएकाे छ ।

त्यस्तै कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राती देशको पश्चिमी भुभागमा आंशिक बदली तथा मध्य र पूर्विभुभागमा सामान्य बदली रही मध्य र पुर्वी भागमा हल्का पानी पर्ने पूर्वानुमान माहाशाखाको छ ।

यस्तो छ ३ दिनको मौसम अनुमान

पुस २३ गते (सोमबार)

  दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहने देखिन्छ | देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केहि उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

रातिः देशको पश्चिमि भु-भागमा आंशीक बदलि तथा मध्य र पुर्वी भूभागमा सामान्य बदलि रहने देखिन्छ | मध्य र पुर्वी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २४ गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

रातिः देशको पश्चिमि पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

पुस २५ गते (बुधबार)

  दिउँसो: देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

रातिः देशभरि नै  मौसम सामान्यतया सफा रहने देखिन्छ |

Share News