शुरु भयो शिखर सुज एकल प्रदर्शनी, कम्तीमा १५ प्रतिशत छुट

<p>काठमाडौँ । भृकुटी मण्डपमा आजदेखि शिखर सुज एकल प्रदर्शनी शुरु भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले एक समारोहका बीच प्रदर्शनीको उद्घाटन गरे । सो अवसरमा मन्त्री ढुंगेलले स्वदेशी उद्योगको प्रबद्र्धनमा प्रदेश सरकार सक्दो सहयोग गर्न तयार रहेको बताए । २० दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा जुत्ता खरिद गर्दा कम्तीमा १५ [&hellip;]</p>


काठमाडौँ । भृकुटी मण्डपमा आजदेखि शिखर सुज एकल प्रदर्शनी शुरु भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले एक समारोहका बीच प्रदर्शनीको उद्घाटन गरे ।

सो अवसरमा मन्त्री ढुंगेलले स्वदेशी उद्योगको प्रबद्र्धनमा प्रदेश सरकार सक्दो सहयोग गर्न तयार रहेको बताए । २० दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा जुत्ता खरिद गर्दा कम्तीमा १५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले नेपाली ग्राहकहरुका लागि आकर्षक र सस्तो जुत्ता उत्पादन गर्दै आएको र आगामी दिनमा नेपालीहरुको भावना र चाहनालाई बुझेर आफ्ना उत्पादन ग्राहक समक्ष ल्याउने बताए ।

Share News