काठमाडौं । स्वचालित मूल्य प्रणालीअनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थकाे मूल्य घटाएको छ ।
निगमको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा १०८ रुपैंया र डिजेल र मट्टितेलमा ९५ रुपैंया मूल्य कायम गरिएकाे छ ।
यसअघि उपभोक्ताले पेट्रोलमा ११० रुपैंया र डिजेल र मट्टितेलमा ९७ रुपैंया मूल्य तिर्दै आएका थिए ।
हवाइ इन्धन र एलपी ग्यासमा भने मूल्य यथावत राखिएको छ ।