पुँजी बजार सुधारः नेप्से र सिडिएसलाई धितोपत्र बोर्डको यस्तो आयो निर्देशन

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको सुधारका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सिडिएसलाई आधा दर्जन निर्देशन दिएको छ । बोर्डले बुधबार पुँजी बजारको तत्कालिन तथा दिर्घकालिन विकासमा महत्व राख्ने आधा दर्जन काम तत्काल अघि बढाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठिट मुद्रा तथा पूँजी बजार [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको सुधारका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सिडिएसलाई आधा दर्जन निर्देशन दिएको छ । बोर्डले बुधबार पुँजी बजारको तत्कालिन तथा दिर्घकालिन विकासमा महत्व राख्ने आधा दर्जन काम तत्काल अघि बढाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठिट मुद्रा तथा पूँजी बजार सम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा बोर्डले यस्तो निर्देशन दिएको हो ।

बोर्डले वर्तमान सर्किट ब्रेकको प्रणालीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार सुधार गर्न, लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न, ओटिसी बजारलाई व्यवस्थित र स्वचालित बनाउने प्रक्रिया अघि बढाउन, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मार्केट मेकरका रुपमा अघि बढाउन, ब्रोकरलाई उपत्यका बाहिर पनि विस्तार गर्न तथा बाणिज्य बैंकहरुलाई ब्रोकर कम्पनीको काम गर्ने सुबिधा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

बोर्डले तत्काल सेटलमेन्ट ग्यारेन्टी फण्डको काम अघि बढाउन र टि प्लस ३ को राफसाफ प्रक्रियालाई टि प्लस १ दिनमा ल्याउने प्रक्रिया अघि बढाउन सिडिएस एण्ड क्लियरिंग लिमिटेडालाई निर्देशन दिएको छ ।

यस्तो छ निर्देशनको पूर्ण पाठ

नेप्सेलाई निर्देशन
१) तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न तथा यस अघि संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिकरुपमा सक्रिय जिल्ला/स्थानहरुमा (काठमाडौं उपत्यका बाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिएकोमा सोलाई समेत दृष्टीगत गरी सो सम्बन्धी आवश्यक कार्य अगाडि वढाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ३ (१) बमोजिम वोर्डमा सिफारिश गर्ने ।
२) नेप्से सूचकांक मा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन आवश्यक देखिएको सन्र्दभमा अन्तर्राष्ट्रिय अभ्यासको समेत मध्यनजर गरी बजार प्रभावित गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न नेप्से सूचकांक बढ्दा र घट्दा सर्किट ब्रेक लाग्ने व्यवस्थालाई समसामयिक बनाउन अन्र्तराष्ट्रिय अभ्यास समेतको अध्ययन गरी कार्यान्वयनका लागि बोर्डमा पेश गर्ने ।
३) धितोपत्र बजारका लगानीकर्ताहरुको हित संरक्षणका लागि एउटा लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न तथा धितोपत्र बजारका लगानीकर्ताहरुको हित संरक्षणको लागि विद्यमान कानूनी व्यवस्थाको समीक्षा गरी २०७५ चैतसम्ममा कार्यान्वयनमा ल्याउने गरी बोर्डमा पेश गर्ने ।
४) ओटिसि बजारलाई गतिशील बनाउन २०७५ चैत सम्ममा प्रविधि मैत्री बनाउने सन्र्दभमा स्वचालित प्रणाली अपनाउन आवश्यक कार्य अगाडि बढाउने ।
५) कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माता÷व्यापारी(मार्केट मेकर वा डिलर)को रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी बोर्डमा सिफारिश गर्ने ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन
१) धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक भुक्तानी सुनिश्चितकोष(सेटलमेन्ट ग्यारेन्टी फण्ड) स्थापना गर्ने व्यवस्था धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९मा गरि सकिएको हुँदा उक्त कोष तत्काल स्थापना गर्ने व्यवस्था गर्ने ।
२) शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेन्जको अनलाईन कारोबार प्रणाली पूर्णरुपमा आबद्व भए पश्चात हाल कायम रहेको टी प्लस ३ राफसाफ चक्रलाई २०७६ असार सम्ममा टी प्लस १ मा ल्याउने सम्बन्धमा धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ (विनियम १३) मा आवश्यक संशोधन गर्न अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरी कार्यान्वयनका लागि बोर्डमा पेश गर्ने ।

Share News