होण्डाको ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप सम्पन्न  

<p>काठमाडौं । नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप आयोजना गरेको छ । नेपाल अटोमोबाईल स्पोर्टस् एसोसियसन ( नासा)को साझेदारीमा होण्डाले आयोजना गरेको ‘होण्डा नेपाल ड्रिम कप’लाई नेपाल मोटरसाइकल फेडरेशनले प्रमाणित गरेको थियो । रेसिङ्गका लागि उत्साहित होण्डा राईडरहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त च्याम्पियनशिपमा ३० जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । [&hellip;]</p>

काठमाडौं । नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप आयोजना गरेको छ । नेपाल अटोमोबाईल स्पोर्टस् एसोसियसन ( नासा)को साझेदारीमा होण्डाले आयोजना गरेको ‘होण्डा नेपाल ड्रिम कप’लाई नेपाल मोटरसाइकल फेडरेशनले प्रमाणित गरेको थियो ।

रेसिङ्गका लागि उत्साहित होण्डा राईडरहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त च्याम्पियनशिपमा ३० जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । पुष १३ र १४ गते ग्वार्को अवस्थित होण्डाको सेफ्टी राईडिङ्ग सेन्टरमा सम्पन्न उक्त च्याम्पियनशिप सिविआर २५० आर र १४९ ( १६५ सिसि गरि २ भागमा विभाजन गरिएको थियो ।

उक्त च्याम्पियनशिपमा सिविआर २५० आर अन्तर्गत पहिलो हुने विजेताले नगद रु.५० हजार, दास्रोले रु ३० हजार, तेस्रोले रु २० हजार प्राप्त गरेका थिए । त्यस्तै १४९ ( १६५ सिसि अन्तर्गत पहिलो हुनेले नगद रु २५ हजार, दास्रोले रु १५ हजार र तेस्रोले रु १० हजार प्राप्त गरेका थिए ।

Share News