मदन भण्डारी स्पोर्टस् एकेडेमी १० औं वर्षमा प्रवेश

<p>काठमाडौं । खेल क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दैै आएको मदन भण्डारी स्पोर्टस् एकेडेमी १० औं वर्षमा प्रवेश गरेको छ । एकेडेमीले मंगलबार आफ्नो वार्षिक उत्सव मनाएको हो । उत्सव कार्यक्रममा एकेडेमीले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आफ्नो प्रतिवेदन बुझाएको छ । विज्ञहरुको सुझाव सम्मिलित प्रतिवेदनमा खेलकुद विकासको आधार प्रस्तुत गरिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री विश्वकर्माले खेलकुद [&hellip;]</p>

काठमाडौं । खेल क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दैै आएको मदन भण्डारी स्पोर्टस् एकेडेमी १० औं वर्षमा प्रवेश गरेको छ । एकेडेमीले मंगलबार आफ्नो वार्षिक उत्सव मनाएको हो ।

उत्सव कार्यक्रममा एकेडेमीले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आफ्नो प्रतिवेदन बुझाएको छ । विज्ञहरुको सुझाव सम्मिलित प्रतिवेदनमा खेलकुद विकासको आधार प्रस्तुत गरिएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री विश्वकर्माले खेलकुद विकासमा आवश्यक ऐन बनाएर द्रुत गतिमा यो क्षेत्रको विकास गर्ने बताए । एकेडेमीले उल्लेख्य रुपमा काम गर्न नसकेको अध्यक्ष विनोद श्रेष्ठले बताए । उनले अब एकेडेमीले खेलकुद क्षेत्रमा ठूलो फड्को मार्ने बताए ।

अध्यक्ष श्रेष्ठले भने ‘हामीले सोचेको काम गर्न सकेका छैनौं, तर कामै नभएको पनि होइन खेलकुद क्षेत्र राष्ट्र चिनारीको एक प्रमुख अंग भैसकेको छ, हामीले जहाँ छौं, जति सक्छौं काम सबैले यो क्षेत्र विकासका लागि सहयोग गर्नुपर्छ ।’

Share News