काठमाडौं । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षकोे तुलनामा ८३ प्रतिशतले वृद्धि भएको देखिएको छ । विद्युत विक्रीबाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो । अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।