काठमाडौं । नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारिक विके्रता एवंम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुँदै आएको छ।
कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपिभिहरू छन् । कम्पनिले संसारभरी करिब १ हजार ६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल रहेको उक्त मोटर्स नेपाली बजार स्थापित हुन लागेको हो ।
स्याङयोङ मोटर्स प्रयोग गर्दा हुने फाइदा
पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन । फाईनान्सको सुविधा रहेको उक्त मोटर्समा १ वर्षसम्मको नि: शुल्क बीमा गरिहेको छ । आर्थिक वर्ष २०७५/७६ को रोड ट्याक्स तिर्न नपर्ने साथै ३ वर्षको वारेन्टी रहेको छ । ५ वर्षको सम्म नि शुल्क सर्भिसिङ्ग एवंम सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने जानकारी दिएका छन् ।
