अमेरिकाको जिप्पो ब्राण्ड नेपाली बजारमा, एउटै लाइटरको मूल्य २४ हजार

<p>काठमाडौं । अमेरिकाको चर्चित ब्राण्ड जिप्पो लाइटर नेपाली बजारमा प्रवेश गरेको छ । अमेरिका सहित विश्वभर लाइटरको लागि चर्चित जिप्पो ब्राण्डले नेपालका लागि आधिकारिक वितरकमा जिपाल कम्पनीलाई चयन गरेको छ । सो कार्यक्रममा जिपाल कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर मनिष मिश्रा तथा धनबहादुर तामाङ्गले नेपाली बजारमा पहिलो पटक आधिकारिकरुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिएको छ [&hellip;]</p>

काठमाडौं । अमेरिकाको चर्चित ब्राण्ड जिप्पो लाइटर नेपाली बजारमा प्रवेश गरेको छ ।

अमेरिका सहित विश्वभर लाइटरको लागि चर्चित जिप्पो ब्राण्डले नेपालका लागि आधिकारिक वितरकमा जिपाल कम्पनीलाई चयन गरेको छ ।

सो कार्यक्रममा जिपाल कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर मनिष मिश्रा तथा धनबहादुर तामाङ्गले नेपाली बजारमा पहिलो पटक आधिकारिकरुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिएको छ ।

नेपाली बजारमा कम्पनीले न्यूनतम मूल्य रु.२ हजार ५६० देखि अधिकतम मूल्य रु.२४ हजार सम्मका जिप्पो लाइटरहरु बिक्री गर्नेछ ।

विश्वभर १६० भन्दा बढि देशहरुमा बिक्री हुने ओरिजिनल जिप्पो लाइटरहरु अमेरिकामा नै बनेका छन् । जिप्पोले सन् १९३२ मा एउटा लाइटर डिजाइनबाट शुरु गरेको आफ्नो उत्पादनहरु हाल वार्षिक रुपमा लाखौं यूनिट बनाउने गर्दछ । कम्पनीले सन् २०१८ सम्म आईपुग्दा ५ करोड ५० लाख भन्दा बढि युनिटहरु विश्वभरका जिप्पोप्रेमीहरुका लागि तयार पारेको छ ।
जिपल कम्पनीले नेपाली बजारमा जिप्पोका १ सय भन्दा बढि डिजाइनका लाइटरहरु बिक्री गर्नेछ । त्यसै गरि कम्पनीले खरिद कर्ताको आफ्नै नाममा वा अर्डर अनुसारको नाम खोपेर समेत जिप्पो लाइटर किन्न सकिने छन्र ।

जिपल कम्पनीले नेपाली बजारमा अमेरिकाबाट जिप्पो ब्राण्डका उत्पादनहरु आयात तथा बिक्री वितरण गर्नेछ । नेपालका लागि जिप्पोका बजार प्रतिनिधि, नेपाली कम्पनी जिपाल कम्पनीका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

Share News