काठमाडौं । पार्टीको घोर विरोधी भएको भन्दै प्रदेश ५ का प्रदेशसभा सांसदले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पत्र लेख्दै १२ जनालाई सिफारिस गर्न पत्र लेखेका छन् । कपिलवस्तुका प्रदेशसभा सदस्य सहसराम यादवले आफ्नो लेटरप्याडमै पत्र लेखी पार्टीको घोर विरोधीलाई दुर्गममा, विरोधीलाई दुर्गममा अति दुर्गममा सरुवा गर्न आग्रह गरेका छन् । त्यस्तै पार्टीको विशेष भन्दै केहीलाई भने सुगम क्षेत्रमा सरुवा माग गरिएको छ ।
सांसद यादवले यो विषय सामान्य भएको भन्दै जोकोही राजनीतिक दलका कार्यकर्ताले पनि सरकारमा रहँदा आफूलाई सहयोग गर्नेलाई आफ्नो अनुकुल सरुवा गर्नसक्ने भन्दै यसलाई मिडियाहरुले अनावश्यक रुपमा हल्ला गरेको आरोप लगाए ।