परराष्ट्रका पाँच सहसचिवलाई राजदुतको जिम्मेवारी, ३ जनालाई फिर्ता हुन तीनहप्ते म्याद

<p>काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका ५ जना सहसचिवहरुलाई थाइल्यान्ड, स्वीजरल्यान्ड, क्यानडा, फ्रान्स र कुवेत गरि पाँच देशका लागि राजदुत सिफारिस गरेको छ । मन्त्रीपरिषद्को गत बिहीबार र सोमबारको बैठकले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डको लागि आवासीय र क्याम्बोडिया, लाओस्, भियतनाम र सिंगापुरको लागि गैरहावासीय, सहसचिव मणिप्रसाद भट्टराइलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगको स्वीजरल्यान्डका लागि आवासीय र [&hellip;]</p>

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका ५ जना सहसचिवहरुलाई थाइल्यान्ड, स्वीजरल्यान्ड, क्यानडा, फ्रान्स र कुवेत गरि पाँच देशका लागि राजदुत सिफारिस गरेको छ ।

मन्त्रीपरिषद्को गत बिहीबार र सोमबारको बैठकले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डको लागि आवासीय र क्याम्बोडिया, लाओस्, भियतनाम र सिंगापुरको लागि गैरहावासीय, सहसचिव मणिप्रसाद भट्टराइलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगको स्वीजरल्यान्डका लागि आवासीय र इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय, भृगु ढुङ्गानालाई क्यानडाका लागि आवासीय र क्युबा र जमैकाका लागि, दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैर आवासीय तथा दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय राजदुतका लागि सिफारिस गरिएको छ ।

उक्त मुलुकहरुमा हाल रहेका राजदुतहरुलाई नयाँ राजदुतहरुको नियुक्ति प्रक्रिया नसकिएसम्म काम गर्न पाउने व्यवस्था समेत गरेको छ ।

त्यस्तै हाल दक्षिण कोरिया स्पेन र बंगलादेशमा हाल राजदुत रहेका अर्जुनबहादुर सिंह, भरतबहादुर रायामाझी र चोपलाल भुषाललाई ३ हप्ताभित्र नेपाल फर्किन भनेको छ ।

Share News