ओखलढुङ्गाको सुनकोशीमा माछापुच्छ्रे बैंकको नयाँ शाखा, गाँउपालिकामै पहिलो बैंक बन्न सफल

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ओखलढुङ्गाको सुनकोशीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीसँग संयुक्त रुपले गरेका छन् । यस अघि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा बैंकले पुस [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ओखलढुङ्गाको सुनकोशीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीसँग संयुक्त रुपले गरेका छन् ।

यस अघि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा बैंकले पुस १२ गतेदेखि आफ्नो सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको कम्पनीले जनाएको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

Share News