महिला चेम्बरका अध्यक्ष डा. शाक्य इजरायलका लागि नेपाली राजदुतमा नियुक्ती

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बर प्रतिनिधि र प्रधानमन्त्री के.पी ओलीबीच भेट गरि महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यलाई इजरायलका लागि नेपालका राजदुत नियुक्त गरिएको छ । सरकारको यस निर्णयले महिला उद्यमीप्रतिको विश्वास प्रतिबिम्बित भएसँगै सम्पूर्ण महिला उद्यमीमा उत्साहको फैलिएको छ । एक महिला बराबर १० पुरुषको क्षमता हुने बताउँदै महिलाहरुमा असिम [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बर प्रतिनिधि र प्रधानमन्त्री के.पी ओलीबीच भेट गरि महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यलाई इजरायलका लागि नेपालका राजदुत नियुक्त गरिएको छ । सरकारको यस निर्णयले महिला उद्यमीप्रतिको विश्वास प्रतिबिम्बित भएसँगै सम्पूर्ण महिला उद्यमीमा उत्साहको फैलिएको छ ।
एक महिला बराबर १० पुरुषको क्षमता हुने बताउँदै महिलाहरुमा असिम सम्भावना लुकेको हुँदा आउँदा दिनहरुमा सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रधामन्त्री ओलीले बताएका छन् । महिला उद्यमीहरुबाट समाज र राष्ट्रले ठूलो आशा रहेको बताउँदै सबैसँग हातेमालो गरि अगाडी बढाउन र विदेशमा निर्यात गर्न गुणस्तरिय उत्पादनमा जोड दिन ओलीले बताएका छन् ।
महिला चेम्बरमा आबद्ध उद्यमी महिलाहरु अरुको भरमा नपरि आफ्नै उत्पादनमा लाग्न प्रोत्साहन गरेका छन् । प्रतिनिधिमण्डमा हाल महिला चेम्त्ररका उपाध्यक्षमा उर्मिला श्रेष्ठ, सुष्मा शर्मा लगायतका २२ जना महिला सदस्य रहेका छन् ।

Share News