चितवनको सौराहामा हात्ती महोत्सव सुरु, राष्ट्रपतिद्धारा उद्घाटन

<p>काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती महोत्सव सुरु भएको छ । सबै तयारी समेत पुरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघले जनाएको छ । महोत्सव समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि राप्ती नदी किनारदेखी विभिन्न जातजाती , संघसंस्थाको पहिचान झल्कने झाँकी सहितको शोभा यात्रा निकालिने छ [&hellip;]</p>

काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती महोत्सव सुरु भएको छ । सबै तयारी समेत पुरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघले जनाएको छ । महोत्सव समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि राप्ती नदी किनारदेखी विभिन्न जातजाती , संघसंस्थाको पहिचान झल्कने झाँकी सहितको शोभा यात्रा निकालिने छ । पर्यटकको चहलपहल सुरु भएसँगै होटलहरुको बुकिङ प्याक भएको छ ।

हात्ती महोत्सव अबलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आउन थालेका छन । व्यवसायीहरु उत्साहित भएर पर्यटक लाई स्वागत गर्न तयारी अबस्थामा छन् । चितवनको पर्यटन प्रर्बद्धनका लागि हरेक बर्ष हुने सो महोत्सव यस बर्ष पन्ध्रौँ सस्करण हो । महोत्सव अन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरुको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता हुने क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिएका छन् ।

महोत्सवको आन्तरीक र वाह्य सम्पुर्ण तयारी पुरा भएको छ भने महोत्सवका लागि सौराहालाई सजाईएको छ । महोत्सवस्थल आकर्षक वनाईएको छ । हात्ती फाष्टवाकमा २० टिम, पोलोमा ४ टिम, फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने छन् । देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्टिय तथा अन्तराष्टिय स्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले बताएका छन् ।

बाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गते सम्म महोत्सव सञ्चालन हुने छ । यस्तै, हात्ती महोत्सवमा संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गरिने भएको छ । महोत्सवको उद्घाटनका अवसरमा २/२ जना संरक्षणकर्मी र पर्यटन व्यवसायी लाई सम्मान गर्न लागिएको हो ।

महोत्सव आयोजक क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले संरक्षण तर्फ चितवन राष्ट्रिय निकुञ्जका पुर्व सहायक वार्डेन नुरेन्द्र अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसाय तर्फ अमरमान शाक्य र हरिहर शैजुलाई सम्मान गर्न लागिएको जानकारी दिएका छन्र ।अन्र्तराष्ट्रिय हात्ती दौडबाट सुरु गरिएको कार्यक्रम लाई परिमार्जन गर्दै व्यवसायीहरुले चितवन हात्ती महोत्सवको रुपमा स्थापित गराउन सफल भएका छन् । हात्तीको विभिन्न खेलहरु पर्यटकलाई देखाएर मनोरञ्जन प्रदान गरिन्छ ।

 

Share News