सिटिजन्स बैंकको भरतपुर शाखा स्थानान्तरण

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भरतपुर महानगरपालिका वडा नं. ३ मा रहेको शाखाको स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा करिब १०० मिटरको दुरिमा रहेको सोही नगरपालिकाको वडा नं. २मा रहेको भवनमा स्थानान्तरण गरी बैंकिंग कारोबार सञ्चालन गरेको छ । सोही भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भरतपुर महानगरपालिका वडा नं. ३ मा रहेको शाखाको स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा करिब १०० मिटरको दुरिमा रहेको सोही नगरपालिकाको वडा नं. २मा रहेको भवनमा स्थानान्तरण गरी बैंकिंग कारोबार सञ्चालन गरेको छ ।

सोही भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धता रहेको छ । औद्योगिक नगरी नारायणघाटमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा सम्भावना रहेको र यसलाई टेवा पुर्याँउने हेतुले विभिन्न नयाँ योजनाहरु संचालन गर्ने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।

Share News