खुल्यो ५ तारे होटल सहितको छायाँ सेन्टर, उत्कृष्ट सपिङ कम्प्लेक्स बन्ने दाबी (फोटो फिचरसहित)

<p>काठमाडौं । ठमेलमा ५ अर्ब लगानीको छायाँ सेन्टर सञ्चालनमा आएको छ । १५ तला अग्लो सेन्टरको औपचारिक उद्घाटन नेकपा युवा नेता योगेश भट्टराईले गरेका हुन् । सन् २०१३ बाट निर्माण सुरु भएको सेन्टर ६ वर्षपछि उद्घाटन भएको हो । उद्घाटन समारोहमा बोल्दै नेता भट्टराईले देशमा लगानी गर्ने व्यवसायीहरुलाई सरकारले पुर्ण सहयोग गर्ने बताए । छायाँ [&hellip;]</p>

काठमाडौं । ठमेलमा ५ अर्ब लगानीको छायाँ सेन्टर सञ्चालनमा आएको छ । १५ तला अग्लो सेन्टरको औपचारिक उद्घाटन नेकपा युवा नेता योगेश भट्टराईले गरेका हुन् ।

सन् २०१३ बाट निर्माण सुरु भएको सेन्टर ६ वर्षपछि उद्घाटन भएको हो । उद्घाटन समारोहमा बोल्दै नेता भट्टराईले देशमा लगानी गर्ने व्यवसायीहरुलाई सरकारले पुर्ण सहयोग गर्ने बताए । छायाँ सेन्टरले ठमेल व्यवस्थापनमा सहयोग पुर्याउने उनले बताए ।

सेन्टर नेपालकै उत्कृष्ट सपिङ मल बन्ने सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए । १४ रोपनी क्षेत्रफल फैलिएको यो विशाल बजार संरचनालाई ठमेलभित्रको ‘मिनीठमेल’को रुपमा विकास गर्ने लक्ष्य सञ्चालकहरुको छ । सेन्टरमा ५ अर्ब लगानी गरिएको सञ्चालकहरुले बताएका छन् । उक्त कम्प्लेक्स नेपालकै सबैभन्दा ठूलो र आरामदायी शपिङ कम्प्लेक्सको रुपमा रहेको दाबी सञ्चालकहरुको छ ।

कम्प्लेक्सको ५ औं तलादेखि १५ औं तलासम्म ५ तारे अलफ्ट होटेल रहनेछ । यस्तै क्युएफएकस सिनेमा, फुडकोर्ट, ब्रान्डेड स्टोर, एयलाइन्स्, ट्राभल एजेन्सी, सेमिनार हल, रेष्टुरेन्ट लगायतका सुविधाहरु रहनेछन् । उद्घाटनको अवसरमा २५ प्रतिशत छुटको व्यवस्था रहेको समेत आयोजकले जानएको छ । कम्पेक्समा लगानी भएको ५ अर्बमध्ये ४० प्रतिशत एभरेष्ट बैंकको ऋण रहेको र बाँकी ६० प्रतिशत ३० जनाको लगानीरहेको म्यानेजिङ डाइरेक्टर महेश्वर श्रेष्ठले बताए ।

कम्प्लेक्समा लाइभ म्युजिक, निशुल्क फेस पेन्टिङ, कटन क्याण्डी, फेमेली फोटोसुट तथा परिकार महोत्सव हुने बताइएको छ । कम्प्लेक्समा  ६० प्रतिशत लगानी पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ लगायत ३० जनाकाे रहेको छ । सेन्टरमा ४०० कार ३०० मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

 

Share News